सुर्खेतको क्वारेन्टाइमा एक जनाको मृत्यु




सुर्खेत, असार १
सुर्खेतको गुर्भाकोट नगरपालिकाकाको क्वारेन्टाइनमा आज एक जनाको मृत्यु भएको छ । बिहान गुर्भाकोट नगरपालिका-७ स्थित सिलवानीमा रहेको क्वारेन्टिनमा वडा नम्बर ८ का एक पुरुषको मृत्यु भएको हो।

विहान आफै खाना पकाएर खाएका पुरुष एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । १३ दिनअघि भारतको गढवालबाट आएका पुरुष लामो समयदेखि क्षयरोगबाट पीडित रहेको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए।

मेयर पुनकाअनुसार मृतकको पिसीआर परीक्षणका लागि स्वाब निकाली प्रयोगशालामा पठाइसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]l.com
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News