डोटीमा मिनीट्रक दुर्घटना हुँदा बाबुछोराको मृत्यु




डोटी, असार १
डोटीमा मिनीट्रक दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिकाको वडा नम्वर ३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनीट्रक दुर्घटना हुँदा गाँपालिकाकोे वडा नम्बर नम्बर ३ का ४० वर्षीय डबल पुनमगर र उनका १३ बर्षीय छोरा धिरजको मृत्यु भएको हो ।

घागलबाट धनगढी जाँदै मिनीट्रक सोमबार पौने तीन बजे सुनालेक नजिक दुर्घटना भएको हो । पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीकाअनुसार ट्रकमा सवार अन्य तीन जना भने हाम फालेर बाँच्न सफल भएका छन् ।

ट्रक चालक श्यामलाल चौधरी फरार भएका छन् । ट्रक सडकबाट एक सय मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News