सुदूरपश्चिममा थप ६८ जनामा कोरोना पुष्टि




धनगढी, असार १
सुदूरपश्चिममा आज थप ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा ६५ जना पुरुष र तीन महिलामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनकाअनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो। बैतडीको शिवनाथ गाउँपकिालका वडा नम्वर २ का ७ जना, वडा नम्वर ३ का चार जना, वडा नम्वर ४ का ५ जना र वडा नम्वर ६ का ५ जनामा कोरोना पुष्टि भएको छ।

डोटीको शिखर नगरपालिकाका वडा नम्वर २ का १५ जना र वडा नम्वर ६ का दुई जना, पूर्वीचौकी गाउँपालिका वडा नम्वर ५ का एक जना र आदर्श गाउँपालिका वडा नम्वर २ र ३ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका वडा नम्वर १० का ८ जना, वडा नम्वर १, ६ र ७ का एक÷एक जनामा कोरोना पुष्टि भएको छ। कैलालीको टीकापुर नगरपालिकाका ८ जना भने जनजाग्रीती मावि सीतापुरको क्वारेन्टिनमा रहेका नागरिक हुन्।

धनगढी उप–महनागरपालिकाका वडा नम्वर १, ५, ६ र १९ जनाका एकरएक जना र बर्दगोरीया गाउँपालिकका वडा नम्वर ७ का एक जनामा कोरोना पुष्टि भएको हो। अछाम जिल्लाको मेल्लेख गाउँपालिकाका वडा नम्वर ५ का दुई र वडा नम्वर ४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने २६ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News