किशोरीमाथि ‘ग्याङ रेप’ गर्ने फरार युवक गुप्ता पक्राउ



बारा, असार २
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सामुहिक जबरजस्ती करणी मुद्दाका फरार कलैया उप महानगरपालिका वडा नं.१ बस्ने रामजी साहको छोरा वर्ष २८ को विकास कुमार साह गुप्तालाई पक्राउ गरेको छ।

गत २०७१ मंसिरमा  पंचवर्षिय गढिमाई मेला हेर्न आएकी बर्ष १६ की पीडित  किशोरीलाई गुप्तासमेत ७ जना मिलेर बरीयारपुर वडा नं.२ स्थित  गम्हिरा साहको फुसको छाप्रोमा लगि ललाई फकाई सामुहिक करणी (ग्याङ रेप) गरेका थिए ।

प्रहरीले जबरजस्ती करणी मुद्दामा घटनामा संलग्न गुप्ता समेत सातै जना प्रतिवादीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई अनुसन्धानको सम्पुर्ण कार्य पुरा गरी बारा जिल्ला दालतमा पेश गरेकोमा जिल्ला अदालको २०७१ पुस १८ गतेको आदेशले निजहरूलाई पुर्पक्षको लागि बीरगंज कारागार पठाईको थियो ।

तर,  बारा जिल्ला अदालतको २०७२ बैशाख ३१ गतेको फैसलाले निज प्रतिवादीहरूले सफाई पाएका थिए ।

त्यसपछि पुनरावेदन अदालत हेटौंडाको मिति २०७३ जेठ १० गतेको फैसला आदेशले  सातै जनालाई दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाए पश्चात उनीहरु फरार भएका थिए ।

पुनरावेदन अदालतले अभियुक्तहरु मध्ये  गुप्तालाई ९ वर्ष ६ महिना १५ दिन कैद ठहर गरेको थियो ।  गुप्तालाई फैसला कार्यान्वयनको सिलसिलामा गत जेठ २१ गते जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेको थियो ।

पक्राउ परेका साहको पिसिआर रिपोर्ट सहित सोमवार बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगन्ज पठाईएको बारा प्रहरीले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News