क्वारेन्टाइनमै बिहे !




दाङ, असार २
दाङमा क्वारेन्टाइनमा एक जोडीले विहे गरेका छन् ।
घोराही उपमहानगरपालिका-१८ मा रहेको बेलघारी क्वरेन्टीनमा बसेका घोराही उपमहानगरपालिका-१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका-५ की २१ वर्षीया सीता चौधरीले अन्तरजातीय बिवाह गरेका छन् ।

उनीहरूले वडाध्यक्ष भरत अर्यालको उपस्थितिमा विवाह सम्पन्न भएको हो । उनीहरू भारतको दिल्लीबाट घर फर्केर क्वारेन्टाइनमा बसेका थिए ।

उनीहरुबीच प्रेम सम्बन्ध थियो । जेठको पहिलो साता मात्रै नेपाल आएर उनीहरु क्वारेन्टाइनमा बस्दै आएका थिए । 

त्यसै क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ । 

रिपोर्ट नेगटिभ आएकाले उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वारेन्टानमा बस्नेगरी डिस्चार्ज गरिएको पनि वडाध्यक्ष अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News