कोरोनाबाट पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या भारतमा धेरै




काठमाडौं, असार ३
कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या भारतमा धेरै देखिएको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै छ ।

गएको २४ घण्टामा भारतमा दुई हजार ६ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ। पछिल्लो समय संक्रमणदर उच्च रहेका ब्राजिल, अमेरिका, बेलायत लगायतका देशको भन्दा धेरै मृत्यु मंगलबार भारतमा भएको छ।

गएको २४ घण्टामा ब्राजिलमा एक हजार तीन सय ३८ जना, अमेरिकामा आठ सय ४६, मेक्सिकोमा चार सय ३९, बेलायतमा दुई सय ३३ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ।

योसँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नौ सय २१ पुगेको छ। मंगलबार भारतमा ११ हजार एक सय ३५ जनामा संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या तीन लाख ५४ हजार एक सय ६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News