कोरोनाबाट ४ लाख ४० हजारको मृत्यु, कति पुग्यो संक्रमितको संख्या ?




काठमाडौं, असार ३
विश्वभर कोरोना संक्रमणबाट ४ लाख ४० हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छं १ लाख १६ हजार ८ सय ५४ पुगेको छ।

त्यस्तै, ब्राजिलमा ४५ हजार २ सय ४१, बेलायतमा ४२ हजार ५४, इटालीमा ३४ हजार ४ सय ५ जनाको मृत्यु भएको छ।

कोरोना पुष्टि हुनेको संख्या ८१ लाख ४५ हजार ४७ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २१ लाख ३४ हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख २३ हजार १ सय ८९, रुसमा ५ लाख ४४ हजार  ७ सय २५, भारतमा ३ लाख ४३ हजार ९१, बेलायतमा २ लाख ९९ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३९ लाख ३९ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक ५ लाख ८३ हजार ५ सय ३ जना छ। त्यस्तै, ब्राजिलमा ४ लाख ८७ हजार ४४, रुसमा २ लाख ९३ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ६ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १ हजार १ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News