कोरोना संक्रमित ४६ बर्षीया महिलाको मृत्यु



काठमाडौ, असार ३
बाँकेमा कोरोना भाइरस संक्रमित ४६ बर्षीया महिलको मृत्यु भएको छ । उनको कोरोनाका कारण मत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले मृतक महिला बैजनाथ गाउँपालिका- ६ की भएकाे जानकारी दिए । निधन भएकी महिलाको हिजो मंगलबार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यद्दपि उनको मृत्युको आधिकारिक पुष्टि स्वास्थ्य मन्त्रालयले गर्न भने बाँकी छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचारत उनको सोमबार साँझ साढे ६ बजेतिर निधन हो । उनी ३० जेठमा अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News