नेपालगञ्‍ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि



काठमाडौं, असार ३
नेपालगञ्‍ज मेडिकल कजेल शिक्षण अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालमा उपचाररत बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको सोमबार साँझ अस्पतालको आइसीयूमा मृत्यु भएको हो ।

स्वाब संकलन गरेको साँझ नै उनको मृत्यु भएको थियो। हिजो साँझ आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको बैजनाथ ६ का वडाध्यक्ष भद्रबहादुर बस्‍नेतले जानकारी दिए ।

उनकाअनुसार उनी फोक्सो, मिर्गौला र प्यारालाइसिसको समस्याबाट ग्रसित थिइन् । ३० जेठमा उनको स्वास्थ्यमा गम्भीर समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

वडाध्यक्ष बस्‍नेतले मृतकको शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए।

बाँकेमा यसअघि नरैनापुर गाउँपालिका ५ को क्‍वारेन्टाइनमा भारतबाट आएका एक युवकको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News