गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण




काठमाडौं, असार ३
गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीमा १८ जना र पर्वतमा तीन जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षीय दुई जना पुरुष र कावासोती नगरपालिकाका ३७ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पाइएको छ ।

पूर्वी नवलपरासीकै अर्का एक २७ वर्षका पुरुषमासमेत कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको फलेबास नगरपालिकाका १९ र २१ वर्षका दुई जना पुरुष तथा ४६ वर्षीया एक जना महिलामा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News