सुदूरपश्चिममा फेरि रोकियो स्वाब सङ्कलन




धनगढी, असार ३
सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाब सङ्कलन कार्य फेरि रोकिएको छ । थ्रोट स्वाब राख्न प्रयोग गरिने थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भिटिएम) नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो ।

भिटिएम नहुँदा कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन पूर्णरूपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले बताए।

उनले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएपछि अहिले पूर्णरूपमा स्वाब सङ्कलनको कार्य रोकिएको बताए ।

भिटीएम सङ्घीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरिएको उनले बताए । उनकाअनुसार भिटीएम सकिएपछि शङ्कास्पद र कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब सङ्कलन हुन सकेको छैन ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब सङ्कलन रोकेको थियो । फेरि एक सातामै स्वाब सङ्कलन रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News