अंगीकृत नागरिकता विवादमा काँग्रेसकाे पुरानै अडान



काठमाडौं, असार ३
अंगीकृत नागरिकता दिने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुरानै अडान लिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेस गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पुरानै अडानमा फर्किएको हाे ।

समितिमा मंगलबार कांग्रेसको तर्फबाट ७ वर्षपछि नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको छ ।

कांग्रेसले नागरिकताको सम्बन्धमा नागरिकता ऐन २०६३ को प्रावधानमाथिको अडान कायम राख्न निर्देशन दिएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताबीच भएको छलफलले राज्य व्यवस्था समिति सदस्यहरुलाई नागरिकता ऐन २०६३ को प्रावधानमा अडान राख्न जोड दिएको हो ।

बैठकमा सहभागी सांसद डिला संग्रौलाले संविधानमा भएको व्यवस्थाकै निरन्तरताको पक्षमा काँग्रेस उभिएको बताइन् । संविधानमा बिहे गरी आएपछि जन्मेको देशको नागरिकता छोडेको हुनुपर्ने व्यवस्था भएकाले समयावधि राख्न आवश्यक नहुने काँग्रेसले निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News