कोरोना अपडेट: २४ घन्टामा १ लाख ३८ हजार बढीको मृत्यु




काठमाडौं, असार ४
पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ३८ हजार भन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। २४ घण्टामा एक लाख ३८ हजार ६ सय ६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै यही अवधिमा पाँच हजार दुई सय १७ जनाको संक्रमणका कारण ज्यान गएको छ। गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय नौ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यसपछि अमेरिकामा आठ सय तीन जनाले ज्यान गुमाएका छन्।

यसबीचमा मेक्सिकोमा सात सय ३०, भारतमा तीन सय ४१ जनाले ज्यान गुमाएका छन् ।

भारतमा बुधबार एकै दिन १३ हजार एक सय तीन जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या तीन लाख ६७ हजार दुई सय ६४ पुगेको छ। अहिलेसम्म भारतमा कोरोना संक्रमणबाट १२ हजार दुई सय ६२ जनाले ज्यान गुमाएका छन्।

योसँगै विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या साढे चार लाख नाघेको वल्र्डओमिटरमा उल्लेख छ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या ८३ लाख ८९ हजार आठ सय ३० पुगेको छ। त्यसमध्ये ४३ लाख ७८ हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News