काठमाडाैँमा साढे ६ केजी चरेससहित दुई जना पक्राउ



काठमाडौं, असार ४
लागु औषध ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मङ्गलवार बेलुका काठमाडौँ टोखा नगरपालिका वडा नम्बर ९ लक्ष्मी मार्ग नगरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा म्याग्दी मालिका गाउँपालिका वडा नम्बर ४ घर भएका २४ वर्षीय तुल प्रसाद घर्तिमगर र ४४ वर्षीय नन्द प्रसाद रोका रहेका छन्। उनीहरूको साथबाट साढे ६ केजी चरेस बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News