दैलेखको एउटै वडामा ५२ जनामा कोरोना पुष्टि, कर्णाली प्रदेशमा थपिए १२० संक्रमित




सुर्खेत, असार ४
कर्णाली प्रदेशमा आज एकैदिन थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थपिएका संक्रमितमध्ये ८६ जना दैलेखका मात्रै छन् । बाँकी ३४ जना सुर्खेतका हुन् । जसमध्ये दैलेखको महावु गाउँपालिकाको वडा नं. २ मा मात्रै ५२ जना संक्रमित पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। महावुकै वडा नं. ३ मा ८ जना, वडा नं. ४ र ५ मा ४/४ जना, वडा नं. ६ मा ८ जना छन्।

त्यस्तै भैरवी गाउँपालिका वडा नं. १, दुल्लु नगरपालिका वडा नं। ३ र ५ मा एक–एक जना, चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. ६ मा २ जना, गुराँस गाउँपालिका वडा नं. १ मा ४ जना र वडा नं. ५ मा १ जना छन्।

त्यस्तै सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ६ मा २ जना, वीरेन्द्रनगर वडा नं. १ मा ३ जना, वडा नं. ९, १० र ११ मा १/१ जना, चौकुने गाउँपालिका वडा नं. १ र ४ मा १–१ जना, चिङ्गाड गाउँपालिका वडा नं. ३ मा २ जना संक्रमित भेटिए ।

यस्तै वडा नं ४ मा ६ जना, गुर्भाकोट नगरपालिका वडा नं. १३ मा ५ जना, पञ्चपुरी नगरपालिका वडा नं. १, ७ र ८ मा १–१ जना, वडा नं. ५ मा २ जना, वडा नं. ६ मा ३ जना र वडा नं. ९ मा ३ जना छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय २४ पुगेको छ। त्यस्तै आजै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ६ जना, दैलेखको महावु आइसोलेसनबाट १ जना, सुर्खेतको सालकोट आइसोलेसनबाट ३ जना र सिम्ता आइसोलेसन सेन्टरबाट १ जना गरी कुल ११ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म ५ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News