सुदूरपश्चिममा एकैदिन थपिए २३८ जना कोरोना संक्रमित




धनगढी, असार ४
सुदूरपश्चिममा आज एकैदिन २ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ सय १३, धनगढी प्रयोगशालमा २४ र बाँकेको प्रयोगशालामा एक गरी दुई सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४१ जना, डडेल्धुराका ८४ जना र कैलालीका २१ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, धनगढी प्रयोगशालामा कञ्चनपुरका २०, कैलालीका ३ र अछाम जिल्लाका १ जनामा संक्रमण पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ ।

हालसम्म सबैभन्दा बढी कैलालीमा १ सय ४९ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी कञ्चनपुरमा ९५, डडेल्धुरामा १ सय २३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ । ८१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News