बाजुराको क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा पनि कोरोना पुष्टि




बाजुरा, असार ४
बाजुरामा पनि क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

बडिमालिका नगरपालिका-२ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयमा जेठ ३० गते आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको हो।

आत्महत्या गरेका बडिमालिका नगरपालिका-२ माझिगाउँका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

जेठ २८ गते भारतबाट आएर क्वारेन्टाइनमा पुरुषले झुन्डिएर आत्महत्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News