धनगढी उपमहानगरपालिकाले बनाउँदै आफ्नै आइसोलेशन कक्ष




धनगढी, असार ५
कोरोना संक्रमित बिरामी बढ्दै गएपछि धनगढी उप–महानगरपालिकाले आफ्नै आइसोलेशन कक्षहरु निर्माण सुरु गरेको छ । 

धनगढी उप–महानगरपालिकाले वडा नं १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रको भवनमा आइसोलेशन कक्ष तयार गरिरहेको हो। धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आइसोलेशन तयारीको चरणमा पुगेको छ ।

यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख नृपबहादुर वड वडले बताए ।उप–महानगरपालिकाले तयार गर्न लागेको आइसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको  छ । 

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले एक दुई दिनमा नै संचालनमा ल्याउन सक्ने गरि आइसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । 

प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा पनि संक्रमितको उपचार गर्न ठाउँ अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News