क्वारेन्टाइनबाट एक हप्ताअघि घर पठाइएका ५८ जनामा कोरोना, गाउँमा सन्त्रास




डडेल्धुरा, असार ५
डडेल्धुरामा क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनबाट घर पठाएकाहरूमध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरी एक हप्ताअघि उनीहरूलाई घर पठाएको थियो।

रिपोर्टमा पोजिटिभ देखिएपछि संक्रमण फैलिने जोखिमले सन्त्रास बढेको छ। क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा कोभिड(१९ को लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट पनि ढिला आएकाले घर पठाएको गन्यापधुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार हिजो डडेल्धुराका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमा गन्यापधुरा गाउँपालिकाका ५८, परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका चारजना छन्।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News