सुदूरपश्चिममा काेराेनाकाे भयाभाय अवस्था, संक्रमित भेटिएपछि गाउँपालिका नै सिल



काठमाडौं, असार ५
भारतबाट नेपाली नागरिक भित्रिएपछि सुदूरपश्चिममकाे काेराेना संक्रमितकाे संख्यामा पनि दिन प्रति दिन बढ्दै गएकाे छ। साेही क्रममा एकैदिन ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डडेल्धुराको गन्यापधुरा गाउँपालिका सिल गरिएको छ ।

बिहीबार मात्रै गाउँपालिकाका ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे । असार १२ गतेसम्म पुरै गाउँपालिका सिल गरेको गाउँपालिका उपाध्यक्ष कमला ठगुन्नाले जानकारी दिइन् ।

उनका अनुसार स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण कार्यालय, बैंक र पसलसमेत १२ गतेसम्म सम्पूर्ण रूपमा बन्द हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News