कोरोना कहर: अबदेखि हिँडडुलमा कडाई, यो समयमा पाइनेछैन हिँँड्न




काठमाडौं, असार ५
कोरोनाको जोखिम बढेसंगै पैदलको यात्रुको आवागमनमा कडाई गरेको छ । अबदेखि राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल र जमघट गर्न पाइने छैन ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर राति १० बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रुको आवागमन रोक्न निर्देशन दिएको हो ।

गृहले अत्यावश्यक कामबाहेक मानिसलाई रातिमा हिँडडुल नगर्न भनेको छ । यस्तै मालवाहक गाडीमा यात्रु ओसारपसार भइरहेकाले चालक र सह(चालकबाहेक अरुले यात्रा गर्न नपाउने र यसको कडा निगरानी हुने पनि गृहले जनाएको छ ।

यस्तै विवाह, मृत्यु, चाडपर्व, पूजा पाठलगायतका धार्मिक र सांस्कृतिक कार्यक्रममा धेरै भिडभाड हुन थालेको भन्दै गृहले बढीमा १५ जनाभन्दा धेरै जम्मा नहुन पनि निर्देशन दिएको छ । 

उद्योग, कलकारखाना र विकास निर्माणका कार्यमा एकपटकमा एक ठाउँमा बढीमा १० जनाभन्दा धेरै व्यक्ति भेला हुन नपाउने गृह मन्त्रालयले जनाएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती महिला बालबालिका लगायतलाई सकभर घरभित्रै रहन मन्त्रालयले अनुरोध गरेको छ । 

कोरोनाको जोखिम हेरेर स्थानीय प्रशासनले अत्यावश्यकबाहेकका जुनसुकै क्रियाकलापमा बन्देज लगाउन सक्ने पनि गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News