क्वारेन्टाइन व्यवस्थित गर्ने जिम्मा प्रदेश सरकारलाई




काठमाडौं, असार ५
देशभर रहेका क्वारेन्टाइनलाई व्यवस्थित गर्ने जिम्मा सम्बन्धित प्रदेश सरकारलाई दिइएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को शुक्रबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

साथै क्वारेन्टाइनमा रहेकाहरु सबैको कोरोना परीक्षण गरी दुइ हप्तामा घर पठाउने तयारी गरिएको परराष्ट्र मन्त्री एवम सीसीएमसीका संयोजक प्रदिप ज्ञवालीले बताए । उनले विदेशबाट ल्याइएको शव व्यवस्थापन गर्न श्रम मन्त्रालयलाई जिम्मा दिइएको बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि बैठकले प्रदेश र स्थानीय सरकारले गरेको कामहरुको उच्च मूल्यांकनसमेत गरिएको मन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News