राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टरसहित चार जनामा कोरोना पुष्टि




घोराही, असार ६
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एकजना डाक्टरसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको मेडिकल वार्डमा भर्ना भएका एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि विरामीको हेरचाहमा खटिएका डाक्टरसहित स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । बिरामीको हेरचाहमा संलग्न ४ जना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी गरी २१ जना होम क्वारेन्टिनमा बस्दै आएका थिए ।

उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्दा एकजना चिकित्सक, दुईजना नर्स र एकजना स्वास्थ्यकर्मीमा शुक्रबार कोरोना पुष्टि भएको हो । उनीहरु दुई महिला र दुई पुरुष हुन् ।

यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News