लकडाउनबारे निर्णय गर्ने अधिकार अब प्रदेश सरकारलाई




काठमाडौं, असार ६
कोरोना भाइरस रोकथामका लागि लकडाउन ९पूर्ण बन्दाबन्दी० गर्ने अधिकार प्रदेस सरकारलाई दिइएको छ ।

प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी लकडाउन गर्न सक्नेभएको छ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिसअनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी गर्नसक्ने निर्णय गरेको हो ।

सीसीएमसीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारको जिम्मेवारी पनि प्रदेश सरकारलाई नै दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News