प्रदेश १ मा ४३० संक्रमित , २३४ जना डिस्चार्ज



विराटनगर, असार ६

प्रदेश १ मा पनि कोरोना संक्रमित थपिने क्रम जारी छ । थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए ।

थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको हो ।

यससँगै मोरङमा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ भने प्रदेश १ मा ४३० पुगेको छ । उनीहरुमध्ये २३४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News