बजेट अभावले सिँचाइ सुविधा अधुरै



जाजरकोट, असार ६

सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गदै आएका त्रिपुरासुन्दरी नगरपालिका –९ र १० का स्थानीयवासीको सपना अझै पुरा हुन सकेको छैन ।

जिल्ला कृषि विकास कार्यालय डोल्पाले उपलव्ध गराएको रु २५ लाख रुपैयाँमा मुँदेखि चुँसम्मको सिँचाइ योजना सम्पन्न नभएपछि ती स्थानीयको समस्या हल हुन नसकेको हो । बजेट अभावमा सो योजना सम्पन्न हुँन नसकेपछि यहाँका स्थानीयले सबै तहका सरकारलाई तत्काल बजेटको व्यवस्था गरी योजना सम्पन्न गर्न अनुरोध गरेका छन् । अहिले लिकुसम्म मात्र केही सिँचाइ सुविधा पुगेपनि बजेट नहुँदा सबै ठाउँमा पानी लिन नसक्दा सिँचाइ सुविधा नपुगेको हो ।

त्रिपुरासुन्दरी–९ चुका रामप्रसाख खत्रीले भन्नुभयो , “ सरकारले सबै वजेट यसैपटक दिएको भए हाम्रो योजना सम्पन्न हुने थियो तर केही छैन, अर्को वर्षको लागि बजेट दिएर यो योजना सम्पन्न गर्ने वातावरण तयार होस ।”

कार्यालयको रु २५ लाख रुपैयाँमा ती दुई वडाका लागि सिँचाइ सुविधा पुर्याउनका लागि काम जारी राखेको भएपनि योजना अझै अधुरो रहेको छ । अहिले भएको काम सवै राम्रो भएको र अर्को वर्ष बजेटको व्यवस्थापन गरेर काम हुँन सके यहाँका कृषकलाई राम्रो हुँने कृषि विकास कार्यालयका प्रमुख भीम धरालाले जानकारी दिनुभयो ।

अझै रु २० लाख भएमा मात्र योजना सम्पन्न हुँने उहाँले जानकारी दिनुभयो । यहाँका अनुसार प्रदेशबाट सिँचाइका लागि आएको अधिकांश योजनाको बजेट अपुग हुँदा योजना सम्पन्न हुन सकेका छैनन् ।

गावु खोलाबाट पानी ल्याएर सिँचाइ सुविधा पु¥याउने प्रयास भएपनि असफल हुँदै आएको उपभोक्ता समितिका अध्यक्ष लालभक्त बोहोराले जानकारी दिनुभयो । अव यो पटकको योजनाले केही आशा जगाएको उहाँले जानकारी दिनुभयो । नहर ल्याउनका लागि निकै अप्ठ्यारो भुभाग रहेको सो खोलामा धेरै मेहिनेत गर्नुपरेको वडा नं ९ का अध्यक्ष रमा बोहोराले बताउनुभयो । त्यस्तै सोही २५ लाखभित्रबाट यहाँका कृषकलाई टर्किबाट ल्याएको च्यान्दलर जातको तीन सय बोट ओखरका विरुवासमेत वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News