आज सूर्यग्रहण : कति प्रतिशत ढाकिदैछ सूर्य ?




काठमाडौं, असार ७
आज सूर्यग्रहण लाग्दैछ। नेपालमा बिहान १०ः५५ देखि सुरु हुने ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुने छ। मध्याह्न १२ बजेर चार मिनेट जाँदा ग्रहणले सूर्यलाई करीव ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्।

आज लाग्ने ग्रहणले सूर्यलाई पुरै ढाक्ने भए पनि नेपालबाट भने खण्डग्रास अर्थात आधा मात्र ढाकेको देख्न सकिने छ।

खग्रास सूर्यग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत लगायतका ठाउँबाट देख्न सकिने छ।

ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुनेछ। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने छ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्। सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ।

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षित गरी एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News