कुबेतबाट आएका सात जनामा कोरोना संक्रमण




काठमाडौं, असार ७
कुबेतबाट फर्किएर क्वारेन्टाइनमा बसेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनमा बसेका महिलामा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेका छन् ।

शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

यसअघि गत बिहीबार खरिपाटी क्वारेन्टिनमा रहेका नवलपुर गैँडाकोट निवासी २२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको सोही दिन स्वाब सङ्कलन गरिएको थियो ।

शनिबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिएको थिएन । पत्रकार सम्मेलनमा भक्तपुरका बासिन्दा भनेर मात्र भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News