नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो




काठमाडौं, असार ७
नेपालमा आज थप ४ सय २१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । आज नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले ६४ महिला ३५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । नेपालमा संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ । जसमा ८२० महिला र ८ हजार २०६ जना पुरुष रहेका छन् ।

बितेको २४ घण्टामा ८ महिला १८६ पुरुष गरी जम्मा १९४ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसहित कोरोना निको हुनेको संख्या १ हजार ७७२ जना रहेका छन् । जसमा १४९ महिला र १ हजार ६२३ पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News