सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो




धनगढी, असार ७
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ३३ जना र धनगढी प्रयोगशालामा ४३ जना गरि ७६ जना संक्रमित थपिएपछि सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार नाघेको हो ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार २४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो।

यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। आज थपिएकामध्ये सबैभन्दा बढी कैलालीका ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News