भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यू




धादिङ, असार ७
भारतबाट फर्किए होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यू भएको छ । ८ दिनअघि भारतबाट फर्किएका ज्वालामुखी गाउँपालिका-६ को हुलाकभञ्ज्याङका अन्दाजी ५० वर्षीय एक पुरुषको मृत्यू भएको छ ।

मिगौला रोगबाट पीडित भएका कारण उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । आइतबार दिउँसो ४ बजे मृत्यू भएका उनको सुरुमा स्थानीय तहका पदाधिकारी समेतले स्वाब परीक्षण बिनै शव परीक्षण गर्ने तयारी गरेका थिए ।

तर, स्थानीयको विरोधपछि अहिले गाउँपालिकाले स्वाब परीक्षणका लागि किट लिन सदरमुकाम धादिङबेसी पठाएको छ । मिर्गौलाको समस्या भएका उनलाई नियमित डाइलासिस गर्नुपर्ने अवस्था थियो । तर कोरोनाका कारण भारतबाट फर्काइएको थियो ।

उननीसँगै आएका उनका भाईलाई भने सुनखानी माविको क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News