ओखलढुंगामा पहिलोपटक कोरोना पोजिटिभ व्यक्ति भेटिए




ओखलढुंगा, असार ७
ओखलढुंगामा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखु गाउँपालिकाका एक जनामा पहिलोपटक कोरोना पोजिटिभ देखिएको हो । २८ वर्षीय पोजिटिभ व्यक्ति भारतबाट आएका थिए ।

पीसीआर परीक्षण गर्दा आइतबार उनको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये एक जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

कोरोना पोजिटिभ देखिएका युवा  क्वारेन्टाइनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो ।

उनको अवस्था सामान्य रहेको  छ । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News