कोरोना पोजिटिभ देखिएका तीन जना क्वारेन्टाइनबाट फरार




धनगढी, असार ७
कैलालीको गोदावरी नगरपालिकाको एक क्वारेन्टाइनबाट कोरोना पोजेटिभ देखिएका तीन जना फरार भएका छन् । नगरपालिकाको वडा नं ३ मा रहेका ग्वासी माध्यामिक विद्यालयमा रहेका सोही वडाका ३ जना कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका हुन् ।

कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइकमा छुट्टै राखिएका एक जना बृद्धा, एक बालक र एक पुरुष भागेका हुन् । उनीहरु भागेर घर पुगेको वडा नम्बर ३ का वडाध्यक्ष मोहनबहादुर खत्रीले बताए ।

उनकाअनुसार उनीहरुमध्ये एक जना पुरुषलाई घरवाट फिर्ता ल्याएर नवज्योति स्कूलको आइसोलेसनमा राखिएको छ । बृद्ध र बालकले आइसोलेसनमा बस्न अझै मानेका छैनन् ।

उनीहरूलाई आइसोलेसनमा राख्न मनाउने प्रयास जारी रहेको वडाध्यक्ष खत्रीले बताए । संक्रमितहरूले आफूहरुको उचित ब्यवस्थापन नगरेको भन्दै भागेर आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News