सीमा क्षेत्रमा तारबार लगाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं, असार ८
नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । नेपाल-भारत सीमा व्यवस्थापनका लागि राज्यले उचित कानुन बनाएर काँडे तार लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको हो ।

आइतबार अधिवक्ता शालिकराम सापकोटा, नवल खड्का, गीता सापकोटा, सुवास विश्वकर्माले नेपाल- भारतबीचको १८८० किलोमिटर सीमाना रक्षा र संरक्षणका निम्ति चरणवद्ध रुपमा यसै अर्थिक वर्षदेखि तारजाली लगाउन सुरु गर्न सरकारको नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय, प्रतिनिधिसभा र राष्ट्रियसभा, कानून मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद लगायतलाई विपक्षी बनाइएको रिटमा सीमा सुरक्षा र संरक्षणका लागि उचित कानुन बनाउन र अन्य देश सरह अध्यागमन कानुन लागू गर्न माग गरिएको छ।

उक्त रिटको पेशी असार ९ का लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News