सुदूरपश्चिममा ९६ जना कोरोना संक्रमित थपिए




धनगढी, असार ८
सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो।

योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या ११२० पुगेको छ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणको नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय १९, डडेल्धुरामा दुई सय एक, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय, अछामका ७७, बाजुराका ७२, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News