पाल्पामा पहिरोले गाडी बगायो, दुई जना मृत फेला



पाल्पा, असार ८

पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ ।

डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News