सुदूरपश्चिममा थपिए १३७ जना कोरोना संक्रमित




धनगढी, असार ८
सुदूरपश्चिममा आज थप १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ९६ जना र धनगढीस्थित प्रयोगशालामा ४१ जना गरि एकैदिन १ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनगढीमा गरिएको परीक्षणमा कैलालीको धनगढीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनरवासका दुई पुरुषमा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार बझाङको बुगंलका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको उनले बताए। यस्तै आज काठमाडौँमा भएको परीक्षणमा कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा ५ महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार १ सय ६१ पुगेको छ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ४१, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म सुदूरपश्चिममा पाँच जनाको मृत्यु भएको छ भने १ सय ३४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News