गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण



काठमाडौं, असार ९
गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सोमबार साँझ विज्ञप्ति जारी गर्दै थप ५३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएकाहरु तनहुँका १७, स्याङ्जाका ९, बागलुङका ८, गाेरखाका ११ जना रहेका छन् ।

यसैगरी लमजुङका ५, पर्वतका १, नवलपुरका १ र कास्कीका १ जना रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ थपिएका ५३ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News