पृथ्वीराजमार्गमा सुक्खा पहिरो, आवतजावत ठप्प



फायल तस्वीर

तनहुँ, असार ९
पृथ्वीराजमार्गमा गएको सुक्खा पहिरोले आवतजावत ठप्प भएको छ ।

मुग्लिन–आँबुखैरेनी अन्तर्गत आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै हिजोसम्म राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। उनले अहिले पहिरो हटाउने प्रयास भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News