जनकपुरधामका मेयर र वडाध्यक्षबीच हात हालाहाल



जनकपुरधाम, असार ९
धनुषाका मेयर र वडाध्यक्षबीच हातपात भएको छ । जनकपुरधाम उप महानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडाध्यक्ष दिपेन्द्र साह बीच हात हालाहाल भएको हो ।

मेयर र वडाध्यक्षबीचको हातहालाहालले बैठक हलका केही कुर्सी भाँचिएका छन् ।

छलफलको समय दिउँसो १ बजे तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच विवाद भएको हो ।

बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News