बाघको छालासहित पक्राउ



बाजुरा, असार ९
त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ । पक्राउ परेकालाई चोरी शिकारी तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News