सुदूरपश्चिममा ४९ कोरोना संक्रमित थपिए, कैलालीमा मात्रै ४६ जना थप




धनगढी, असार ९
सुदूरपश्चिममा आज थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ४६ जना कैलालीका मात्रै छन् । कैलालीमा पनि गोदावरी नगरपालिकामा मात्रै ४४ जना संक्रमित हुन् । यस्तै, बझाङ, बाजुरा र कञ्चनपुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

तीन जिल्लाका कुन स्थानीय तहका विरामी हुन् भनेर भने खुलाइएको छैन । यससंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १२ सय १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News