नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो




काठमाडौं, असार ९
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १० हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेहरुमा ९० जना महिला र ४४८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । सुर्खेतस्थित विरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको सघन उपचार कक्षमा उपचाररत दैलेख जिल्लाको दुल्लु नगरपालिका–३ वस्ने ४५ वर्षीय पुरुषको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News