धनगढीमा एमसीसीविरुद्ध किरा आन्दोलन, १२ प्रजातिका किरासहित सडकमा




धनगढी, असार ९
धनगढीमा आज एमसीसीविरुद्ध किरा आन्दोलन गरिएको छ । एमसीसीमा हस्ताक्षर गर्नेहरुका हातमा  किरा  परुन भन्दै फोहोरमा बस्ने प्रजातिका किरासहित बोलन्या थलीले धनगढीमा किरा आन्दोलन गरेको छ ।

एमसीसी राष्ट्र र नेपालीको हित विपरित भएका कारण युवाहरुको सहयोगमा बोलन्या थलीले किरा आन्दोलन सुरु गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त विधेयक पास गर्नका लागि हस्ताक्षर गर्ने सांसदहरुको हातमा किरा परुन भनेर आज पहिलो दिन १२ प्रजातिका किरासहित धनगढीको क्याम्पस चोकमा प्रर्दशन गरेक उनले बताए । उनले एमसीसीका विरुद्ध सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरुबाट आन्दोलन गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News