सुदूरपश्चिममा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन थपिए ११६ जना



धनगढी, असार ९
सुदूरपश्चिममा एकै दिन १ सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ६७ जना र धनगढी प्रयोगशालामा ४९ जना गरि एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौंं पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलाली एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

उनीहरुको स्थानीय तह भने खुलाईएको छैन्। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठकाअनुसार धनगढी प्रयोगशालाको परीक्षणबाट कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीया युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो।

४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्। यस्तै कञ्चनपुरको बेलौरी, बाजुर र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार २ सय ७७ पुगेको छ। सुदूरपश्चिममा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News