दुर्घटनामा दुईको मृत्यु



नेपालगन्ज असार ९

बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार वा १४च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
यसैबीच बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ । डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । यादवमाथि नेपालगञ्ज—२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ । विसं २०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताउनुभयो ।

नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर९ज्वाला समूह०ले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News