क्वारेन्टाइनबाट घर पठाइएका युवकको मृत्यु




धनगढी, असार ९
कैलालीमा क्वारेन्टाइनबाट फर्काइएका थप एक जनाको मृत्यु भएको छ । १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका कैलालीको जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय युवकको मृत्यु भएको हो ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । जेठ १५ गते भारतबाट आएका उनी २८ गते श्रीमती र छोरीसंगै क्वारेन्टाइनबाट घर फर्किएका थिए ।

उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारोन्टाइन बसेका थिए । गाउँपालिका अध्यक्ष प्रदिप चौधरीकाअनुसार युवकमा किडनीको समस्या थियो ।

यसअघि सोमबार मात्रै १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका ७ का ३६ वर्षीय युवकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News