बैतडी र डडेलधुरा सदरमुकाम सील




बैतडी, असार १०
कोरोना सङक्रमित बढ्दै गएपछि बुधबारदेखि बैतडीको सदरमुकाम सील गरिएको छ । दशरथचन्द नगरपालिका भित्र कोरोना सङ्क्रमण फैलिँदै गएको भन्दै नगरपालिकाले आजदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाका अनुसार अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्सलगायतका साधन बाहेकका सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

नगर क्षेत्र भित्र कोरोना सङ्क्रमितको सङ्ख्या २९ स्थानीय पुगेपछि प्रशासन ऐन २०२८ को ६९३० क र सङ्क्रामक रोग ऐन दफा २० बमोजिम नगरभित्र अत्यावश्यक सेवाबाहेक अन्य सेवामा पूर्ण रोक लगाइएको नगर प्रमुखको भनाई छ ।

सामाजिक दुरी कायम गर्दै औषधि पसल खोल्न पाइने, जन्ती र ब्रतबन्धमा १५ जनासम्म सम्मिलित हुन पाइने तथा नगरपालिकाभित्रका बैङ्क तथा वित्तीय संस्था हप्तामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार खोल्न सकिने गरि निणर्य भएको उनले बताए ।

यस्तै छिमेकी जिल्ला डडेल्धुरामा समेत कोरोना संक्रमित बढेपछि सदरमुकामसहित गन्यापधुरा गाँउपालिका पनि सिल गरिएको छ । अर्को सूचना जारी नहुन्जेल दुबै पालिका पूर्ण रुपमा सील गरिएको सम्बन्धित पालिकाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News