नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको सम्बोधन, अर्को बैठक शुक्रबार



काठमाडौं, असार १०
दुर्य अध्यक्षले सम्बोधन गरेपछि सत्तारुढ नेकपा कम्युनिस्ट नेकपा स्थायी कमिटीको बैठक शुक्रबारसम्मलाई स्थगित भएको छ । बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो । लगत्तै दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छन् ।

बैठकका सात एजेण्डाहरुमा अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको पूर्णता , एमसीसी र विविध विषय छन् ।

, विविधिमा एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News