कैलालीमा थप ५७ जनामा कोरोना संक्रमण



कैलाली, असार १०
कैलालीमा बुधबार एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन्।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा संक्रमण देखिएको हाे ।

यसअघि मंगलबार कैलालीमा ४९ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ४४ जना संक्रमित भेटिएको गोदावरीमा बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News